काठमाडौँ । पर्वतको महाशिला गाउँपालिकाले आफ्नो पालिका गान स्वीकृत गरी सार्वजनिक गरेको छ ।
आज बसेको गाउँकार्यपालिकाको बैठकबाट रेकर्डिङ भएको गीत स्वीकृत भई स्थानीय तहभित्र हुने सार्वजनिक कार्यक्रमहरूमा प्रयोग गर्ने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले बताए।
पालिका गानमा नारायण गौतमको शब्द, राजेन्द्र पाण्डेको संगित तथा राजेन्द्र पाण्डे र रचना रिमालको स्वर रहेको छ ।
गाउँसभाको सत्रौँ अधिवेशनबाट गाउँपालिकाको गान र छाप प्रयोग गर्ने सम्बन्धी ऐन, २०८१ स्वीकृत भएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले जानकारी दिएका छन् ।