११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण कोरियाको बन्दरगाह सहरमा आगलागी, चार जनाको मृत्यु

अ+ अ-

सियोल । दक्षिण कोरियाको दक्षिणी बन्दरगाह सहर बुसानमा शुक्रबार भएको आगलागीमा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको राष्ट्रिय दमकल निकायले जनाएको छ ।

बन्यान ट्री होटलको निर्माण स्थलमा बिहान ११ः०० बजे (०२०० जिएमटी) अघि आगलागी सुरु भएको अधिकारीहरूले बताए । स्थानीय सञ्चारमाध्यमका अनुसार घटनास्थलमा करिब १० जना कामदार थिए ।

राष्ट्रिय दमकल निकायका एक अधिकारीले तीमध्ये छ जनाले ‘हृदयाघात’ को अनुभव गरेका र तीमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको बताए । अन्य चार जना घाइते भएको र आगो पूर्ण रूपमा नियन्त्रणमा आई नसकेको ती अधिकारीले बताए ।

कामदारहरूले इन्सुलेसन सामग्रीहरू भण्डारण गरेको निर्माण स्थलको पहिलो तल्लामा आगलागी सुरु भएको विश्वास गरिएको दमकल विभागले पत्रकारहरूलाई बताएको छ ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ-मोकले सम्बन्धित मन्त्रालयहरूलाई ‘आगो निभाउनका लागि सबै उपलब्ध कर्मचारी र उपकरणहरू पूर्ण रूपमा परिचालन गर्न’ आदेश दिएको वित्त मन्त्रालयले जनाएको छ ।

“खोज तथा उद्धार कार्यका क्रममा क्षति रोक्न हर सम्भव प्रयास गर्नुका साथै दमकलकर्मीहरूको सुरक्षा पनि सुनिश्चित गर्नुपर्छ”, चोईले भने । यो घटना एयर बुसानको विमानमा गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा आगो लागेको केही हप्तापछि भएको हो । उक्त आगलागीमा १७६ जनाले विमान छोड्नुपरेको थियो र सात जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस