११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पको चेतावनीले गाजा युद्धविरामलाई ‘थप जटिल बनाउँछ’- हमास

अ+ अ-

जेरुसेलम । सबै इजरायली बन्धकलाई तत्काल रिहा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीले नाजुक गाजा युद्धविरामसँग सम्बन्धित विषयहरूलाई ‘थप जटिल बनाएको’ हमासका एक वरिष्ठ नेताले मंगलबार बताएका छन् ।

“ट्रम्पले सम्झनुपर्छ कि त्यहाँ एउटा सम्झौता छ जसलाई दुवै पक्षले सम्मान गर्नुपर्दछ र कैदीहरू (बन्धकहरू) फिर्ता गर्ने यो एक मात्र तरिका हो”, सामी अबु जुहरीले भने, “धम्कीको भाषाको कुनै मूल्य छैन र यसले मामिलालाई थप जटिल बनाउँछ ।”

जनवरी १९ देखि लागु गरिएको युद्धविरामले गाजामा १५ महिनाभन्दा बढी चलेको लडाइँलाई धेरै हदसम्म रोकेको थियो र इजरायली जेलबाट सयौँ प्यालेस्टिनी कैदीको सट्टामा पाँच समूहका इजरायली बन्धकहरूको मुक्त भएका थिए ।

तर गत महिना ट्रम्पले गाजा कब्जा गर्ने र त्यहाँका २० लाखभन्दा बढी बासिन्दालाई हटाउने प्रस्ताव गरेपछि तनाव बढेको थियो ।

शनिबार दिउँसोसम्म सबै इजरायली बन्धकलाई मुक्त नगरे युद्धविरामको अन्त्यका लागि आह्वान गर्ने भन्दै उनले सोमबार थप दबाब दिएका थिए । 

“मेरो विचारमा यदि सबै बन्धक शनिबार १२ बजेसम्म-मलाई लाग्छ यो उपयुक्त समय हो-फिर्ता गरिएनन् भने म भन्छु यसलाई रद्द गर्नुपर्छ र सबै सर्तहरू समाप्त हुन्छन् र नरक मच्चिन दिनुपर्छ”, ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई भने ।

युद्धविराम सम्झौताअनुसार सम्झौताको चालु ४२ दिनको पहिलो चरणमा चरणबद्ध रूपमा रिहाइ हुनुपर्ने भनिएको छ ।

इजरायलले सहायता वितरण लगायत युद्धविराम सम्झौताअन्तर्गत आफ्नो प्रतिबद्धता पूरा गर्न असफल भएको आरोप लगाउँदै हमासले अर्को बन्धकको रिहाइ ‘अर्को सूचना नआउन्जेल स्थगित’ गरिने बताएपछि ट्रम्पको पछिल्लो चेतावनी आएको हो ।

प्रतिक्रिया दिनुहोस