Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सगरमाथामा हेलिकप्टर उड्न नदिए जहाज पनि नउडाउने चेतावनी


२ माघ २०८१, बुधबार


काठमाडौँ। सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडान गर्न नदिएको भन्दै वायुसेवा कम्पनीहरूले हवाईजहाज उडान पूर्ण रूपमा रोक्ने चेतावनी दिएका छन् ।

सगरमाथा क्षेत्रका स्थानीय तहले १ जनवरी २०२५ देखि व्यावसायिक हेलिकप्टर उडान रोकेपछि हेलिकप्टर सेवा प्रदायक कम्पनीहरू उडान सुरक्षा प्रत्याभूति नभएसम्म आफैँ पनि २१ पुसदेखि उडान नगर्ने घोषणा गरेका थिए ।

त्यसपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले २२ पुसमा हेलिकप्टर उडानमा बाधा अवरोध गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने भनेको थियो । तर, विभिन्न हेलिप्याडमा अवरोध कायम हुँदा उडान सुचारु हुन सकेको थिएन ।

फेरि २५ पुसमा खुम्बु पासाङल्हामु गाउँपालिकाले उडान गर्न नदिने निर्णय गरेपछि यो विषय थप पेचिलो बन्दै आएको छ ।

सर्वपक्षीय छलफल, संवाद र समन्वयबाट समस्या समाधान गर्न आफूहरू तयार रहेको भन्दै वायुसेवा सञ्चालक संघले ९ माघभित्र समस्या समाधान नभए सोलुखुम्बु जिल्लाभित्र हवाईजहाज उडान पूर्णरूपमा स्थगन गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस