काठमाडौँ। नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघले त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारको राजीनामा माग गरेको छ ।
त्रिविका उपकुलपति केसरजंग बराल, रेक्टर खड्क केसी र रजिस्ट्रार केदारप्रसाद रिजालको राजीनामा माग गरेको नेविसंघले जनाएको छ ।
उपकुलपति बरालको कार्यकक्षको ढोकामा पर्चा टाँसेर बुधबार त्रिवि नेविसंघले राजीनामा माग गरेको हो ।
विद्यार्थीले ढोकामा पर्चा टाँस्ने समयमा उपकुलपति बराले भने कार्यकक्षमा उपस्थित नभएको बताइएको छ ।