Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

‘प्रचण्ड’ले भने-रविमाथि सरकारले पूर्वाग्रह साँधेको भन्ने जनतामा परेकै छ


२ माघ २०८१, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सरकारले पूर्वाग्रह साधेको जनतामा परेको बताएका छन् ।

बुधबार सिंहदरवारमा बसेको विपक्षी दलहरूको बैठकमा ‘प्रचण्ड’ले यस्तो बताएका हुन् । ‘रविमाथि सरकारले पूर्वाग्रह साधेको हो भन्ने जनतामा परेकै छ । रविमाथि अत्याचार नै हो भन्ने जनतामा परेको छ’ ‘प्रचण्ड’को भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले सुनाए ।

सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकमा विभिन्न ६ वटा राजनीतिक दलका नेताहरू सहभागी थिए ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन र शक्ति बस्नेत थिए । नेकपा एकीकृत समाजवादीका माधव कुमार नेपाल र वरिष्ठ उपाध्यक्ष बेदुराम भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डीपी अर्याल थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका उपनेता बुद्धिमान तामाङ, आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साह र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्रराय यादव र नेता गंगानारायण श्रेष्ठ सहभागी थिए ।

बैठकमा ‘प्रचण्ड’ले विपक्षी दलहरूबीच एजेण्डागत रूपमा सहकार्य आवश्यक रहेको बताएका थिए । त्यसक्रममा उनले रास्वपा सभापति लामिछानेबारे टिप्पणी गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस