Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पीएम कप महिला क्रिकेटमा कर्णालीमाथि एपीएफको जित


१ माघ २०८१, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा सशस्त्र प्रहरी बल (एपीएफ)ले कर्णाली प्रदेशलाई पराजित गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार दिउँसो भएको खेलमा एपीएफले कर्णालीलाई १११ रनले पराजित गरेको हो ।

एपीएफले दिएको १८३ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७१ रन मात्र बनाउन सक्यो । कर्णालीकी दीक्षा पुरीले सर्वाधिक १७ रन बनाइन् । बलिङमा एपिएफकी करुणा भण्डारीले ३ विकेट लिइन् । रेखा रावल, सुमन विष्ट र बिनु बुढाले एक-एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले २० ओभरमा १ विकेट गुमाएर १८२ रन बनाएको थियो । एपिएफकी ममता चौधरीले सर्वाधिक ७८ रन जोडिन् । कप्तान इन्दु बर्माले ५२ र राजमती ऐरीले २२ रनको योगदान दिइन् ।

बलिङमा कर्णालीकी दीक्षा पुरीले एक विकेट लिइन् । यसअघि आजै भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस