११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वामदेवसँग कुरा मिल्छ, भीम रावलको फोन उठेको छैन : माधव नेपाल

अ+ अ-

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमसँग सौहार्द कुराकानीका क्रममा सँगै मिलेर जानेबारे छलफल भएको बताएका छन् ।

सोमबार पार्टी मुख्यालयमा गौतमसँग छलफलपछि नेपालले गौतम आफ्नो पार्टीमा तेस्रो बरीयताको वरिष्ठ नेता बनेर आउन सक्ने संकेत गरेका छन् ।

‘उहाँलाई तेस्रो वरियतामा स्वीकार्न पार्टीभित्र समस्या हुन्छ जस्तो मलाई लाग्दैन, बरु यो कुरा छिटो टुंग्याउँ भन्ने छ,’ नेपालले भने, ‘उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको बाटोमा जाउँ भन्नुभएको छ । मैले पार्टीभित्र छलफलपछि यसतर्फ विचार गरौँ भनेको छु ।’

उनले गौतमसँग निकट केही नेताको व्यवस्थापनबारे छलफल क्रममा विषय प्रवेश गरे पनि समग्र धारणा बनाउँदा ती विषय स्वतः पर्ने बताए ।

यसअघि आफूसँग निकट भएर लामो समय काम गरेका नेता भीम रावलसँग भने कुरा हुन नपाएको नेपालले सुनाए ।

आफूले रावललाई फोन गरे पनि उनी सम्पर्कमा नआएको नेपालको भनाई छ । ‘मैले फोन गरेँ, तर रावलजीको फोन उठेको छैन,’ नेपालले भने, ‘विचार मिल्ने साथीहरू एक ठाउँ हुन खोज्ने कुरा सामान्य हो ।’

प्रतिक्रिया दिनुहोस