Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राष्ट्रिय आकांक्षा पूरा गर्ने मिसनको रूपमा आफूलाई अग्रसर बनाउन उद्योगी व्यवसायीलाई आग्रह


१२ पुस २०८१, शुक्रबार


नवलपुर । नवलपुरको गैँडाकोटमा नेपाल उद्योग तथा व्यवसायी महासंघको विधान तथा नीति निर्माण सन्दर्भमा आयोजित विस्तारित बैठक सुरु भएको छ । 

शनिवारसम्म सञ्चालन हुने बैठकको शुक्रबार दिउँसो नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गरेका हुन् । 

महासंघका पूर्व उपाध्यक्ष एवम् विधान संशोधन बैठकका संयोजक डा. तिलचन्द्र भट्टराईले मुलुकको वर्तमान अर्थतन्त्र र अबको दिशाका बारेमा बृहत् छलफल गरिने बताए । देशको अर्थतन्त्रमा बिस्तारै आशाहरू पलाउन थालेको अवस्थामा उद्योगी व्यवसायीलाई लगानी गर्न प्रेरित गर्ने गरी नीति निर्माण गर्नका सरकारलाई आग्रह गरिने उनले बताए ।

अहिले व्यवसायमा देखिएका कठिनाइलाई सम्बोधन गर्ने गरी छलफल गरेर सरकारलाई योजना बनाउन सुझाव दिने डा भट्टराईले बताए । नवलपुरमा आयोजना गरिएको भेलाले गण्डकी प्रदेशको अन्न भण्डारको रूपमा रहेको नवलपुरको मौलाकालिका, देवघाट, त्रिवेणी, अयोध्यापुरी, बाल्मीकि जस्ता महत्त्वपूर्ण धार्मिक क्षेत्रको शुद्धतालाई कायम गर्दै आर्थिक पर्यटकीय क्षेत्रको रूपमा राष्ट्रिय योजनाको रूपमा अगाडि बढाउन सरकारसँग आग्रह गरे ।

कार्यक्रमको उद्घाटन सत्रमा एमाले महासचिव पोखरेलले व्यापार व्यवसाय गर्ने मान्छेहरूलाई राजनीतिक रूपमा संगठित गर्ने फोरमको रूपमा मात्रै महासंघलाई हेर्न नहुने बताए । उनले यस महासंघलाई समृद्ध नेपाली, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने एउटा मिसनको रूपमा आफूलाई अग्रसर बनाउने काम गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । अहिले मुलुकमा रहेका धेरै कम्युनिस्ट पार्टीहरूले समाजवादी कार्यक्रम दिने विषयमा पैरवी गरिरहेका भन्दै महासचिव पोखरेलले अहिले नै समाजवादी कार्यक्रम दिने समय सुरु नभएको बताए ।

यस्तै नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागिरथ सापकोटाले आज साँझबाट नै विधान तथा नीति निर्माण सन्दर्भमा आयोजित विस्तारित बैठकको बन्द सत्र हुने बताए । बन्द सत्रमा सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन तथा संशोधित विधानको बारेमा छलफल हुने सापकोटाले बताए । विस्तारित बैठकमा ३५० प्रतिनिधि सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस