काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमबिच पार्टी एकताबारे छलफल भएको छ ।
गौतम निवास भैँसेपाटीमा बिहीबार बेलुकी दुई नेताबीच छलफल भएको हो ।
एकीकृत समाजवादीका एक नेताका अनुसार छलफल सकारात्मक भएको छ । गौतमले आफ्नो पार्टीको केन्द्रीय समिति बैठक बोलाएर निर्णय गर्ने बताएका छन् ।
अध्यक्ष नेपाल, वरिष्ठ नेता प्रमेश हमाल र नेता बलराम बाँस्कोटा गौतमको निवास पुगेर छलफल गरेका हुन् ।