११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको २१ करोड लगानी गर्ने

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २१ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले उक्त रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड ८० लाख, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड १५ लाख र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ५ लाख गरी कुल २१ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले एक वर्षको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागेको हो । उक्त रकम लिन चाहने बैंक तथा वित्तीय संस्था आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदर ५ पुसभित्र राष्ट्र बैंकमा बुझाइसक्नुपर्ने छ ।

राष्ट्र बैंकको रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम रहेको हुनुपर्ने छ ।

यसैगरी खुद तरल सम्पत्ति बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको, कर्जा/निक्षेप अनुपात बैंकले समय–समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको लगायतका सर्त पनि छन् ।

लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलाई बैंकले जरिबाना गरेको अवस्थामा त्यस्ता पदाधिकारी संस्थामा कायम नरहेको र यदि रहे जरिवाना भुक्तानी गरेको अवधि ६ महिना पूरा भएको हुनुपर्ने, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने लगायत सर्त पनि केन्द्रीय बैंकको छ ।

प्रतिक्रिया दिनुहोस