Logo १ माघ २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राजस्व चुहावट नियन्त्रणका लागि सशक्त ढंगले काम गर्न सचिव डा. पुष्करको निर्देशन 


२० मंसिर २०८१, बिहिबार


वीरगञ्ज (पर्सा) । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. कृष्णहरि पुष्करले राजस्व चुहावट नियन्त्रण गर्न सशक्त र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिएका छन् ।  

राजस्व अनुसन्धान कार्यालय पथलैया बाराले आज यहाँ आयोजना गरेको राजस्व चुहावट नियन्त्रण तथा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनले बारा, पर्सा र रौतहटका प्रशासक तथा सुरक्षा निकायका प्रमुखहरूलाई समन्वयात्मक ढंगले काम गर्न निर्देशन दिएका हुन् । 

‘‘सरकारले तोके अनुसारको राजस्व संकलन हुन सकिरहेको छैन । तपाईँहरूले आआफ्नो ठाउँबाट समन्वयात्मक ढंगले सशक्त काम गर्न जरुरी छ’’, उनले भने, ‘‘एउटा निकायले अर्को निकायलाई दोषारोपण गरेर होइन । हातेमालो गरेर सरकारको लक्ष्य भेटाउने गरी काम गर्न अनुरोध गर्दछु ।’’ 

उनले सरकारी निकायले निजी क्षेत्रसँग सहकार्य र हातेमालो गरेर राजस्व बढाउनेतर्फ अग्रसर हुन अनुरोध गरे । ‘‘निजी क्षेत्रलाई हतोत्साहित ढंगले नभई हातेमालो गरेर अघि बढाउन जरुरी छ’’, उनले भने, ‘‘कतिपय धेरै खालका समस्या स्थानीय स्तरबाटै समाधान गर्नेतर्फ अग्रसर हुन अनुरोध गर्दछु ।’’ 

वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष हरि गौतमले मुलुकमा अनौपचारिक कारोबार बढेकाले पनि सरकारले अपेक्षाकृत ढंगले राजस्व संकलन गर्न नसकेको बताए । उनले भने, ‘‘हाम्रो राजस्व संकलन गर्ने पद्धति नै सुधार गर्नुपर्ने देखिन्छ । राजस्व बढाउनका लागि भन्सारको दरबन्दी बढाउने प्रचलन छ । सीमा क्षेत्रको वस्तुको मूल्य र हाम्रो वस्तुको मूल्य कति अन्तर छ हेरिँदैन । जसले गर्दा राजस्व चुहावटका घटनामा वृद्धि भइरहेको छ ।’’ 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थ आयात क्रमशः घट्दै गइरहेको बताए । ‘‘नेपालको राजस्व प्रणाली नै आयातमुखी छ । पछिल्लो समय आयात घटेकाले राजस्व संकलनमा दबाब परिरहेको छ’’, उनले भने, ‘‘सबै निकायले समन्वय गरेर काम गर्न आवश्यक छ ।’’  पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एक निकायले अर्कोलाई दोषारोपण गरेर भन्दा सबै निकायले हातेमालो गरेर अघि बढेको खण्डमा सरकारको लक्ष्य प्राप्ति गर्न सकिने बताए । 

बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सबै निकायले समन्वयात्मक ढङ्गले काम गरेको खण्डमा सरकारले राखेको लक्ष्य हासिल गर्न सक्ने बताए । 

राजस्व अनुसन्धान कार्यालय पथैलया बाराका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले राजस्व चुहावट सम्बन्धी गतिविधि नियन्त्रण गर्न प्रभावकारी ढंगले काम गर्दै आइरहेको दाबी गरे । कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा राजस्व चुहावटतर्फ पाँच करोड ४३ लाख रकम धरौटी असुलेको जनाएको छ । विदेशी विनिमयतर्फ एक करोड ९६ लाख रकम असुल गरिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस