Logo १ माघ २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ऊर्जामन्त्रीले विद्युत् प्राधिकरणमा कार्यकक्ष खोलेकोप्रति माओवादीले जनायो आपत्ति


२० मंसिर २०८१, बिहिबार


काठमाडौँ । ऊर्जा मन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणमा कार्यकक्ष खोलेकोप्रति प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकले सरकारले प्राधिकरणको काममा अवरोध गर्न खोजेको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

उनले भने, ‘विद्युत् प्राधिकरणले लाइन काट्ने कुरा गरिरहेको छ। त्यसमा मन्त्रीले नै अनौठो इतिहासमै नभएको कुरा विद्युत् प्राधिकरणमै कार्यकक्ष खोलेर विद्युत् प्राधिकरणले गरिरहेको काममा अवरोध सिर्जना गर्ने काम गरिरहेको छ। यसअर्थमा सरकार बिचौलिया र भ्रष्टाचारी जोगाउने काम गरिरहेको छ। अब यस्ता सरकारका कदमकाविरुद्धमा व्यवस्थित खबरदारी सभा गर्नेछौँ।’

उनले माओवादी सरकार भत्काउने खेलमा नरहेको पनि प्रष्टीकरण दिए। सापकोटाले भने, ‘हामी सरकार भत्काउनतिर लागेका छैनौँ, हामी नभत्कियोस् भन्ने चाहन्छौँ। सरकारको यो जनविरोधी काम, भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने कामले अराजकतावादीहरूले मौका नपाउन् भन्ने चिन्ता छ। त्यसैले हामी चाँडोभन्दा चाँडो विचार, सिद्धान्त र कार्यक्रम लिएर जानुपर्छ भन्ने तयारीमा छौँ। सरकारतिरको छलफलमा छैनौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस