Logo १ माघ २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विपद्ले पूर्ण क्षति पुर्‍याएका विद्यालयको जिम्मा संघीय सरकारले लिने


१९ मंसिर २०८१, बुधबार


काठमाडौँ । प्राकृतिक विपद्ले पूर्ण क्षति पुर्‍याएका विद्यालयको पुनः निर्माणको जिम्मा संघीय सरकारले लिने भएको छ । गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षाले देशका विभिन्न क्षेत्रका विद्यालयमा क्षति पुर्‍याएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईका अनुसार विपद्का कारण विद्यालयमा पुगेको क्षतिको सन्दर्भमा सरकारले अध्ययन गरिरहेको छ । प्राकृतिक विपद्ले पूर्ण क्षति पुर्‍याएका विद्यालयको पुनः निर्माणको जिम्मा संघीय सरकारले लिने तय भएको छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले विपद्‌मा धेरै विद्यालयमा क्षति भएको बताएकी थिइन् । सरकारको यो विषयमा के गरिरहेको छ रु भन्ने उनको प्रश्न थियो । जवाफमा मन्त्री भट्टराईले तीन तहको समन्वयमा काम गर्ने तय भएको बताइन् ।

‘पूर्ण क्षति भएका विद्यालयहरूको जिम्मा संघ सरकारले लिनेछ । अरु क्षतिको सन्दर्भमा प्रदेश र स्थानीय सरकारमार्फत अहिले भएको बजेटबाट कति सक्नुहुन्छ गर्नुहोस् भनिएको छ,’ मन्त्री भट्टराईले भनिन् ।

मन्त्रालयका लागि नियमित रूपमा आउने बजेट र त्यसअन्तर्गत यसवर्ष काम नगरे पनि हुने कतिपय बजेटलाई विपद्‌मा परिचालन गर्ने गरी अर्थ मन्त्रालयबाट स्वीकृति लिएर अगाडि बढ्ने तयारीमा मन्त्रालय रहेको पनि उनले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस