Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पारस खड्काले भने-एनपीएलको दोस्रो संस्करण फ्लडलाइटमा गर्ने इच्छा छ


२६ कार्तिक २०८१, सोमबार


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण फ्लडलाइटमा गर्ने इच्छा रहेको बताएका छन् ।

प्रतियोगिताबारे सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै क्यानका सचिव खड्काले एनपीएलको पहिलो संस्करण अन्तराष्ट्रियस्तरको गरेर सबैको ध्यान तान्न चाहेको बताए ।

यसले सरकारको पनि ध्यानाकर्षण हुने र लगानी बढ्न सक्ने भन्दै खड्काले भने, ‘हाम्रो इच्छा भनेको दोस्रो संस्करण फ्लडलाइटमा गर्ने हो । फ्लडलाइटमा नेपाल क्रिकेट संघ वा नेपाल सरकारले लगानी गर्छ भन्ने आगामी संस्करणसम्म अनुमान होला !’

सचिव खड्काका अनुसार क्यानले गरेको अध्ययनमा फ्लोड लाइटका लागि ३० करोड रुपैयाँ लाग्ने देखिएको छ । सरकारमा भएकाहरूसँग कुरा गर्दा ३० करोड केही होइन भन्ने जवाफ पाए पनि अहिलेसम्म हुन नसकेको उनले बताए ।

क्रिकेट संघको आयोजनामा पहिलो संकरणको एनपीएल मंसिर १५ देखि ६ पुससम्म हुने तय भएको छ । सरकारले त्रिवि मैदानमा फ्लोड लाइट जडान गर्ने निर्णय गरेको छ, तर अपेक्षाअनुसार काम भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस