Logo २१ मंसिर २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

‘संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किन्छ’ : मुख्यमन्त्री कार्की


१६ कार्तिक २०८१, शुक्रबार


मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीको संस्कृति र परम्परा संरक्षणबाट मुलुकको समृद्धि झल्किने बताएका छन् ।  ।

मुख्यमन्त्री निवासमा आज मोरङका सञ्चारकर्मीले देउसी खेलेपछि शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले नेपालीको दोस्रो ठूलो चाड तिहारले सम्पूर्ण नेपालीमा सामाजिक सद्भाव कायम राखी एक सुत्रमा बाँध्न सहयोग पुगेको बताएका हुन् । 

उनले यही वर्ष प्रदेशमा हुने लगानी, चिया सम्मेलन र कोशी प्रदेश पर्यटन वर्ष, २०८२’ घोषणाबाट प्रदेशमा आर्थिक चलायमान, रोजगार वृद्धि तथा नागरिकको जीवनस्तर उकास्नमा सहयोग पुग्ने बताए ।

मुख्यमन्त्री कार्कीले ती कार्यक्रमलाई भव्य बनाउन सहयोग गर्न पत्रकारहरूसमक्ष आग्रह गरे । भारतीय पर्यटकलाई लक्षित गरी झापाको काँकडभिट्टा र विराटनगरको पर्यटकीय क्षेत्रका सम्पूर्ण पक्षसहितको जानकारी दिन सूचना केन्द्र स्थापना गरिने उनले बताए । प्रदेश सरकारले अघिसारेको पर्यटन वर्ष, लगानी र चिया सम्मेलन प्रदेशकै गौरवको विषय भएको मुख्यमन्त्री कार्कीले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस