Logo २१ कार्तिक २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एक महिनाभित्र रुग्ण उद्योग सञ्चालन गर्छौँ : उद्योग मन्त्री भण्डारी


२९ आश्विन २०८१, मंगलबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बन्द रहेका सरकारी उद्योगहरू अबको एक महिनाभित्रै सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको बताएका छन् ।

गृह जिल्ला बैतडीमा आयोजित दसैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा भण्डारीले भने, ‘अबको एक महिनाभित्र लामो समयदेखि बन्द अवस्थामा रहेका उद्योगहरूलाई सञ्चालनमा ल्याउने तयारी गरेका छौँ । त्यसका लागि धेरे चरणमा छलफल गरेका छौँ । यी उद्योगहरू सञ्चालन प्रक्रियाका लागि सूचना आह्वान गर्छौँ ।’

उनले सरकारी मात्र होइन, निजी उद्योगलाई पनि सञ्चालनमा ल्याउन सहयोग गर्ने बताए । नतिजा देखिने गरी काम गर्न मन्त्रालयहरुबीच प्रतिस्पर्धा चलिरहेको मन्त्री भण्डारीले सुनाए ।

उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रतिस्पर्धामा अगाडि आउने दाबी गरे ।

‘हाम्रो मन्त्रालय प्रतिस्पर्धामा पुछारमा रहन्न, अगाडि नै हुन्छ । हामीले धेरै मेहनत गरेर मन्त्रालयको कार्ययोजना बनाएका छौँ’, भण्डारीले भने, ‘शतप्रतिशत त म भन्दिनँ, त्यसको आसपासमा हाम्रो नतिजा देखिन्छ ।’

दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्रको काम भइरहेको उनले बताए । यसका साथै मध्य पहाडी लोक मार्गको अन्तिम बिन्दु बैतडीको झुलाघाटमा मोटर पुल बनाउन भारत सरकारसँग छलफल भइरहेको उनले दाबी गरे ।

पुल निर्माणसँगै दुई देशको व्यापारमा वृद्धि हुने र बैतडीमा सिमेन्ट उद्योग स्थापना भएर भारतीय बजारमा निर्यात हुने भण्डारीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस