Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

महिला साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा


२८ आश्विन २०८१, सोमबार


काठमाडौँ । नेपालले घरेलु मैदानमा आगामी १ देखि १४ कात्तिकसम्म हुने साफ च्याम्पियनसिप फुटबलका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमबार २३ सदस्यीय अन्तिम टोली छनोट गरेको एन्फाले जनाएको हो। नेपालले युरोपियन लिग खेलिरहेकी सावित्रा भण्डारी र रेखा पौडेललाई टोलीमा समेट्दै फाइनल टिमको घोषणा गरेको हो।

नेपाली टोलीको कप्तानी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले गर्ने छिन्। च्याम्पियनसिपमा दक्षिण एसियाका सातै टोली नेपाल, मालदिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउने तय भएको छ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिताको आयोजना गरिएको छ। समूह ‘ए’ मा साबिक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन्।

समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र मालदिभ्स छन्। च्याम्पियनसिपको पहिलो खेल भारत र पाकिस्तानबीच हुने छ।

नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग कात्तिक २ गते खेल्ने छ। नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिपको आयोजना गर्न लागेको हो।

यसअघि सन् २०१९ मा विराटनगरमा पाँचौँ संस्करण आयोजना भएको थियो भने २०२२ मा छैटौँ संस्करण काठमाडौँमै आयोजना भएको थियो ।

त्यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले साफ महिला च्याम्पियनसिप आयोजना गरेका थिए।

यस्तो छ नेपाली टोलीमा गोलरक्षक एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ डिफेण्डर, गीता राना, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिरा कुमारी भुजेल, सजनी थोकर मिडफिल्डर,  रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिसा कार्की, विमला चौधरी फरवार्ड, रश्मि कुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल, सावित्रा भण्डारी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस