Logo २१ कार्तिक २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विमानस्थलको क्षमताअनुसार अन्तर्राष्ट्रिय उडान व्यवस्थापन


२३ आश्विन २०८१, बुधबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका क्रममा विमानस्थलको क्षमताअनुसार निष्पक्ष र समन्यायिक रूपमा उडान सङ्ख्या व्यवस्थापन गरिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले २१ घण्टा विमानस्थल सञ्चालन समय १४ घण्टामा सीमित गर्ने हुँदा हाल भइरहेका राति १० बजेदेखि बिहान ८ बजेसम्मका  सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारेको छ ।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आगामी कात्तिक २३ गतेदेखि लागू हुने गरी करिब छ महिना हालको उडान समय १४ घण्टामा सीमित हुने विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेका अनुसार नेपाल र सम्बन्धित मुलुकबीचका द्विपक्षीय तथा बहुपक्षीय हवाई सेवा सम्झौताको आधारभूत मान्यताबमोजिम विमानस्थलको क्षमताअनुसार निष्पक्ष र समन्यायिक उडान सङ्ख्या व्यवस्थापन गरिएको हो ।

हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार विमानस्थलको पश्चिमतर्फ समानान्तर  ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार हुनेछ ।

प्रचलित कानुनले तोकेको सीमाको परिपालना गरी हवाई भाडाको कार्यान्वयन गर्ने सिद्धान्त विपरीत उड्डयन क्रियाकलाप नगर्न÷नगराउन सम्बद्ध पक्षलाई आग्रह गर्दै प्राधिकरणले कुनै उड्डयनसँग सम्बन्धित सेवा प्रदायक कम्पनीले कानुनी व्यवस्थाको बर्खिलाप हुने गरी काम गरेमा कारबाही गरिने जनाएको छ । साथै प्राधिकरणले विमानस्थलमा अहोरात्र खटेर २४सै घण्टा हवाई सेवा प्रदान गर्ने सम्पूर्ण उड्डयनकर्मी तथा राष्ट्रसेवकमा धन्यवादसमेत व्यक्त गरेको छ ।

प्राधिकरणले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्न स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीलाई प्राधिकरणले विशेष अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस