काठमाडौँ । सानिमा बैंकले ५.२६३२ प्रतिशत लाभांश दिने भएको छ । बैंकले सेयर धनीलाई आर्थिक वर्ष २०८०-८१ को मुनाफाबाट ५.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
२२ असोजमा बसेको बैंकको सञ्चालक समिति बैंठकले लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।