Logo १८ कार्तिक २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

हरियाणा विधानसभा चुनावमा साँझ ५ बजेसम्म ६१ प्रतिशत मतदान


१९ आश्विन २०८१, शनिबार


काठमाडौँ । हरियाणामा शनिबार साँझ पाँच बजेसम्म ६१ प्रतिशत मतदान भएको छ । राज्यभर भएको एकल चरणको विधान सभा चुनावमा सबै ९० सीटहरूका लागि मतदान भएको हो । 

भारतीय निर्वाचन आयोगको तथ्यांक अनुसार मेवातमा सबैभन्दा बढी ६८.२८ प्रतिशत मतदान भएको छ भने गुरुग्राममा सबैभन्दा कम ४९.९७ प्रतिशत मतदान भएको छ ।

यमुनानगरमा ६७.९३ प्रतिशत, पलवलमा ६७.६९ प्रतिशत, फतेहबादमा ६७.०५ प्रतिशत, जीन्दमा ६६.०२ प्रतिशत, महेन्द्रगढमा ६५.७६ प्रतिशत, कुरुक्षेत्रमा ६५.५५ प्रतिशत र सिरसामा ६५.३५ प्रतिशत मतदान भएको छ । 

हरियाणामा बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ६ बजेसम्म चलेको थियो । हरिणणा विधान सभाको निर्वाचनमा राज्यका सम्पूर्ण ९० वटा क्षेत्रमा एक हजार ३१ उम्मेदवार प्रतिस्पर्धामा छन् भने मतदानका लागि २० हजार ६३२ मतदान केन्द्र बनाइएको छ ।

हरियाणा र जम्मू कश्मीर दुवैको मतगणना अक्टोबर ८ मा हुनेछ । सन् २०१९ को विधान सभा चुनावमा हरियाणाबाट बीजेपीले ९० सीटमध्ये ४० सिट जितेको थियो भने काङ्ग्रेसले ३१ सिट जितेको थियो । मतदानपछि सार्वजनिक विभिन्न सर्वेक्षणले यस पटक हरियाणामा भाजपाको अवस्था केही खस्केको र काङ्ग्रेस बलियो बनेको देखाएका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस