Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पृतनापति समन्वयात्मक बैठक सम्पन्न


१५ आश्विन २०८१, मंगलबार


काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले विभागीय प्रमुख र पृतनापतिसहितका सबै तहका कमाण्डरलाई उच्चस्तरीय तयारीकासाथ कार्यक्षमताको विकास गर्न निर्देशन दिएका छन् । पृतनापति समन्वयात्मक बैठक समापन कार्यक्रममा उनले सकलदर्जामा सामूहिक भावना र एकढिक्कापन अभिवृद्धि गर्न जोड दिए।

यसअघि बैठकमा पृतनापतिहरूले आआफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यको समीक्षा एवं सुझाव प्रस्तुत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, कार्य सञ्चालन अवस्था, नेपाली सेनाको भिजन–२०३० कार्यान्वयनको अवस्था, सञ्चालित तालिमको प्रभावकारितालगायत विषयमा छलफल भएको पनि निर्देशनालयले जनाएको छ । सेनाले वर्षको दुई पटक पृतनापति समन्वयात्मक बैठक सञ्चालन गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस