जापान नेपालीको रोजगारीका लागि सुरक्षित गन्तव्य : श्रम मन्त्री भण्डारी « प्रशासन
Logo २७ आश्विन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जापान नेपालीको रोजगारीका लागि सुरक्षित गन्तव्य : श्रम मन्त्री भण्डारी


४ आश्विन २०८१, शुक्रबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले जापान नेपालीहरूको रोजगारीका लागि सुरक्षित र आकर्षक गन्तव्य मुलुक भएको बताएका छन् । जापानको टोकियोमा आयोजित नेपाल–जापान रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री भण्डारीले नेपाल र जापानबिच जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउने सम्बन्धी श्रम समझदारी पत्रलाई व्यवस्थापन गर्न मन्त्रालयले निर्देशिका जारी गरिसकेको बताएका थिए । निकट भविष्यमा औपचारिक तवरले जापानको रोजगारीमा नेपाली श्रमिक पठाउन कार्य अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।

जापानको भ्रमणमा रहेका मन्त्री भण्डारीले जापानका विभिन्न क्षेत्रका उच्चस्तरीय पदाधिकारीसँग समेत भेट गरेका थिए । भेटको क्रममा दुई पक्षीय रोजगारी प्रवर्द्धनका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस