काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मानव अधिकार विभागमा १० जना सदस्य मनोनीत गरेका छन् ।
सभापति देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य धना खतिवडा प्रमुख रहेको विभागमा सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
मनोनीत सदस्यहरूमा शर्मिला अधिकारी, दुर्गाबहादुर सुवेदी, डा.वासुदेव गिरी, कृष्ण चौधरी, रोहित पौडेल, रामकृष्ण प्रजा, माया बराल, मोहन परियार, चन्द्रप्रकाश अधिकारी र पुष्पराज पाण्डे रहेका छन् ।