काठमाडौँ । नेपाल वायुसेवा निगमले कर्मचारीहरूलाई अनावश्यक बिदा लिन रोक लगाएको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले दसैँ, तिहार तथा छठ पर्वको समयमा निगमका सबै विभागका इन्चार्ज र प्रबन्धकदेखि माथिका जिम्मेवार कर्मचारीहरूलाई कार्यालयको काममा वाधा पर्ने गरी बिदा नदिन निर्देशन दिएका हुन् ।
अत्यावश्यक र अत्यन्त जरुरी बाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा कोही नजान र मातहतका कर्मचारीहरूलाई समेत नपठाउन अध्यक्षले निर्देशन दिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार निगमका नायव महाप्रबन्धक (प्र.), इन्जिनियरिङ मेन्टेनेन्स विभाग, कन्टिन्युइङ्ग एयरवर्दिनेस विभाग, क्वालिटी एस्योरेन्स विभाग र बजार व्यवस्थापन विभागका विभागीय प्रमुखहरूलाई मंगलबार बोलाएर अध्यक्षबाट सो निर्देशन भएको हो ।