सीएस आरका परियोजना सञ्चालन गर्न ‘एनसेल फाउन्डेसन’ घोषणा « प्रशासन
Logo २७ आश्विन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सीएस आरका परियोजना सञ्चालन गर्न ‘एनसेल फाउन्डेसन’ घोषणा


१ आश्विन २०८१, मंगलबार


काठमाडौँ । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) का परियोजना सञ्चालन गर्न ‘एनसेल फाउन्डेसन’ घोषणा गरेको छ ।

नेपाल र नेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको एनसेलले मंगलबार नेपाल यात्राको १९औँ वार्षिकोत्सव मनाउँदै उक्त फाउन्डेसन घोषणा गरेको हो ।

एनसेल फाउन्डेसनले आगामी पाँच वर्षमा कम्पनीले कम्तीमा २० करोड रुपैयाँ बराबर सामाजिक काममा योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

‘१९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान गर्दै स्वास्थ्य, शिक्षा, वातावरण लगायत विभिन्न क्षेत्रमा सामाजिक काम गरी २ अर्ब ९१ करोड ५० लाख अमेरिकी डलर० भन्दा बढीको योगदान गरेको छ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले मंगलबार आयोजित विशेष कार्यक्रममा भने, ‘हाम्रा सबै राम्रा कामलाई एउटै उद्देश्य र छातामुनि ल्याउनु महत्त्वपूर्ण छ भन्नेमा विश्वास गरेर एनसेल फाउन्डेसन स्थापना गरेका हौँ ।’

कार्यक्रममा एनसेलले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान पुर्‍याउनु फाउन्डेसनको ‘भिजन’ रहेको बताएका छन् ।

फाउन्डेसनको उद्देश्यमा सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइड कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस