सिरहाबाट १४ लाख अवैध रकमसहित ३ जना पक्राउ « प्रशासन
Logo १७ कार्तिक २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सिरहाबाट १४ लाख अवैध रकमसहित ३ जना पक्राउ


१ आश्विन २०८१, मंगलबार


काठमाडौँ । सिरहाबाट स्रोत नखुलेको अवैध रकमसहित तीन जना पक्राउ परेका छन् । सिरहा प्रहरीले गत शुक्रबार नै उनीहरूलाई अवैध रकमसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१० का ५७ वर्षीय मजित मियाँ, सोही ठाउँ बस्ने वर्ष २८ का मोहम्मद अलाहउद्दिन र २३ वर्षीय अजय चौधरी छन् । सखुवानन्कारकट्टी गाउँपालिका(५ बाट पक्राउ परेका उनीहरूको साथबाट स्रोत नखुलेको १४ लाख १९ हजार ८ सय ९० नेपाली र ४ सय भारतीय रुपैयाँ बरामद भएको सिरहा प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले उनीहरू सबार भएर आएको स ९ प ११६२ नम्बरको मोटरसाइकल र तीन थान मोबाइल पनि नियन्त्रणमा रहेको जनाएको छ । अदालतबाट हुण्डीसम्बन्धी कसुर मुद्दामा ५ दिनको म्याद लिएर यस विषय थप अनुसन्धान कार्य भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस