उपसभामुखलाई हटाउन नहुने « प्रशासन
Logo २७ आश्विन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उपसभामुखलाई हटाउन नहुने


२९ भाद्र २०८१, शनिबार


मोरङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नहुने जिकिर गरेका छन्।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बालबालिकाको उन्नयनका खातिर निःस्वार्थ सेवा गरेकी जनजाति महिलालाई पदबाट हटाउन उपयुक्त नहुने धारणा व्यक्त गरे।“जनजाति तथा बालबालिकाका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नुभएकी उहाँलाई हटाउनु उचित हुँदैन, यसबाट सत्तापक्ष पछिहट्ने मेरो विश्वास छ”, पूर्वप्रधानमन्त्री दाहालले भने । 

फरक प्रसंगमा अध्यक्ष दाहालले संवैधानिक परिषद्को हिजोको बैठकमा प्रधानन्यायाधीशमा आठ जनाको सिफारिस भएको जानकारी दिँदै ज्येठताका आधारमा नयाँ प्रधानन्यायाधीश नियुक्त हुनुपर्नेमा जोड दिए ।पूर्वप्रधानमन्त्री दाहालले व्यवस्था परिवर्तनका लागि माओवादी केन्द्रले ठूलो त्याग र बलिदान गरेकाले सबै प्रदेशमा पार्टीलाई सुदृढ गर्ने अभियानमा आफू लागेको बताए। अर्को प्रसंगमा अध्यक्ष दाहालले भने,“प्रतिनिधिसभाले ‘हिंसा’ शब्द अभिलेखबाट  नहटाएसम्म संसद् अवरुद्ध हुने छ ।” रासस

Tags :
प्रतिक्रिया दिनुहोस