Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

तीन जिल्ला सिडिओविहीन


२४ भाद्र २०८१, सोमबार


काठमाडौँ । अर्घाखाँची, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) छैनन् । तीन जिल्ला तीन सातादेखि प्रमुख जिल्ला अधिकारीविहीन भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी नहुँदा निमित्तले चलाएका छन् । गत ३१ साउनमा मन्त्रिपरिषद् बैठकले सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनाललाई परराष्ट्र मन्त्रालयमा सरुवा गर्‍यो । १३ भदौको मन्त्रिपरिषद् बैठकले खनाललाई चीनको ग्वान्झाओस्थित महावाणिज्यदूतावासका लागि महावाणिज्यदूत नियुक्तिका लागि सिफारिस गरिसकेको छ । त्यसयता सिन्धुली प्रमुख जिल्ला अधिकारीविहीन छ । कृष्णमणि फुँयालले सिन्धुलीको निमित्त प्रमुख जिल्ला अधिकारीको रूपमा काम गरिरहेका छन् ।

सोही मितिमा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरियो । उनी मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागमा हाजिर भइसकेका छन् । उनको सरुवापछि अर्घाखाँचीमा अहिले मेघनाथ पाध्या निमित्त प्रमुख जिल्ला अधिकारी छन् ।

यसै गरी सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको छ । उनको सरुवापछि जीतबहादुर भण्डारी निमित्त प्रमुख जिल्ला अधिकारीका रूपमा छन् । तर, जिल्ला प्रशासन कार्यालयको वेबसाइटमा भने भूपेन्द्र थापा नै प्रमुख जिल्ला अधिकारीका रूपमा रहेका छन् । थापाले रमाना नलिएका कारण वेबसाइटबाट नहटाएको प्रशासन कार्यालय स्रोतले जानकारी दियो । थापा भदौ ३ देखि बिदामा छन् ।

राजनीतिक सहमति र शक्ति सन्तुलन मिलाउन खोज्दा सरुवा भएको तीन सातासम्म पनि गृहले नयाँ प्रमुख जिल्ला अधिकारी खटाउन नसकेको हो । प्रमुख जिल्ला अधिकारी नहुँदा कतिपय फैसला रोकिने कर्मचारीहरू बताउँछन् । अर्कोतर्फ चाडबाडको मुखमा प्रमुख जिल्ला अधिकारी नहुँदा शान्ति सुरक्षामा पनि असर पर्न सक्ने देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस