काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको वैदेशिक भ्रमण रद्द भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत काफ्लेको भिसा लागि सकेर पनि उडानका लागि काठमाडौँ आइसकेको अवस्थामा केही कारण नखुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तिम समयमा आएर भ्रमण रद्ध गरेको हो ।
संयुक्त राज्य अमेरिकामा आयोजना हुन लागेको ४ दिने कार्यक्रममा जानका लागि सम्पूर्ण तयारी गरिसकेकी काफ्लेलाई मन्त्रालयले अन्तिम समयमा आएर भदौ १८ गते मन्त्रिस्तरीय निर्णयबाट उनको भ्रमण रद्ध गरेको जानकारी पाएको काफ्ले प्रशासनलाई जानकारी दिइन् । मन्त्रालयले राजनीतिक पूर्वाग्रह राखेर मन्त्री स्तरीय निर्णय गर्दै भ्रमण रद्ध गरेको उनको भनाइ छ ।
यूएसडएडको कार्यक्रममा भाग लिन १२ जना अमेरिकातर्फ जाने कार्यक्रम रहेकोमा दुई जनाको भिसा आएको थिएन । भिसा आएका मध्ये प्रमुख प्रशासकीय अधिकृत काफ्लेको भ्रमण भने रद्द भएको छ ।