‘साउथ एसियन रिजन फाइनान्सियल इक्लुजन इनिसिएटिभ’को अध्यक्षमा गभर्नर अधिकारी चयन « प्रशासन
Logo १ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

‘साउथ एसियन रिजन फाइनान्सियल इक्लुजन इनिसिएटिभ’को अध्यक्षमा गभर्नर अधिकारी चयन


१९ भाद्र २०८१, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ‘साउथ एसियन रिजन फाइनान्सियल इक्लुजन इनिसिएटिभ’ को अध्यक्ष चयन भएका छन् ।

उक्त संस्थाको नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएसँगै गभर्नर अधिकारी अध्यक्ष चयन भएका हुन् ।

मध्य अमेरिकी देश एलसाल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर २०२४ देखि जारी ‘एलायन्स फर फाइनान्ससियल इक्लुजन’ ग्लोबल पोलिसी फोरमको जारी बैठक अन्तर्गत बुधबार आयोजित पाँचौँ साउथ एसियन रिजन फाइनान्सियल इक्लुजन इनिसिएटिभ लिडर राउन्ड टेबुलका क्रममा अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको हो ।

गभर्नर अधिकारीले भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरे । बैठकले स्टेट बैंक अफ पाकिस्तानलाई उपाध्यक्ष चयन गरेको छ । यसअघिको नेतृत्व मालदिभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।

सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेडसीमा भएको ग्लोबल पोलिसी फोरमको १२औँ बैठकका क्रममा उक्त फोरम स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बंगलादेश, भुटान, मालदिभ्स, पाकिस्तान र श्रीलंकाका केन्द्रीय बैंक उक्त सञ्जालमा आबद्ध छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस