काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आन्दोलनरत सहकारी पीडितहरूमाथि गम्भीर आरोप लगाएका छन् । बैंकबाट सस्तो ब्याजमा पैसा लिने र त्यसलाई सहकारीमा राखेर बढी ब्याज खानेहरूले आन्दोलन गरेको उनको दाबी छ ।
बुधवार काठमाडौँमा सहकारी पत्रकार समाजको कार्यक्रममा मन्त्री आफू मन्त्री भए लगतै सहकारी पीडितहरूसँग वार्ता गरेर ८ बुँदे सहमति गरेको बताए । सहमतिका सातबुँदामा काम थालिसकेको भन्दै उनले भने, ‘एउटा बुँदामा काम गरेका छैनौँ । किनकि संसदले संसदीय समिति बनाएर छानबिन गरिरहेको छ ।’
छानबिन समितिको प्रतिवेदन आएसँगै कार्यान्वयन गर्ने भन्दै उनले भने, ‘साना रकम जम्मा गर्ने बचतकर्ताहरू वास्तविक सहकारी पीडित हुनुहुन्छ ।’
आफूसँग धेरै भएको सम्पत्ति सहकारीमा राख्ने र बैंकबाट कम ब्याजमा पैसा लिएर सहकारीमा राख्ने र बढी ब्याज खानेहरू पनि रहेको भन्दै उनले भने, ‘अहिले सहकारीमा आन्दोलन गर्नेहरू त्यस्तै मात्रै छन् । आन्दोलनको नेतृत्व गर्नेहरूले पीडितहरूसँग फाइदा लिन पनि पाउने भए, अर्को