१९ उपसचिवको सरुवा, को कहाँ ? « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

१९ उपसचिवको सरुवा, को कहाँ ?


१९ भाद्र २०८१, बुधबार


काठमाडौँ । १९ उपसचिवहरूको सरुवा गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालय मातहतका निकायहरूमा कार्यरत उपसचिवहरूको सरुवा गरेका हुन् ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार तुलसी प्रसाद भट्टराईलाई रसुवा भन्सार कार्यालय, टिमुरे, राजेन्द्र प्रसाद चुडाललाई मेची भन्सार कार्यालय, काँकडभिट्टा, मान बहादुर पौडेललाई जनकपुर भन्सार कार्यालय, धनुषा, राम प्रसाद पाठकलाई वीरगन्ज भन्सार कार्यालय, वीरगन्ज, जनार्दन पौडेललाई नेपालगञ्ज भन्सार कार्यालय, बाँके राम प्रसाद रेग्मीलाई भैरहवा भन्सार कार्यालय, रुपन्देही र राजेन्द्र बस्नेतलाई जलेश्वर भन्सार कार्यालय, महोत्तरी पठाइएको छ । 

यस्तै मन्त्रालय स्रोतका अनुसार कृष्णनगर भन्सार कार्यालय, कपिलबस्तुमा फणीन्द्र खतिवडा, आर्थिक मामिला तथा योजना मन्त्रालय, लुम्बिनी प्रदेश, देउखुरी, दाङमा अमित पौडेल, आन्तरिक राजस्व कार्यालय, दमौलीमा लाल बहादुर खत्री, चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयमा उषा पोखरेल, आन्तरिक राजस्व कार्यालय, कृष्णनगरमा सुजित कुमार सिंहको सरुवा गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय, जनकपुरमा आनन्द कुमार गुप्तालाई पठाइएको छ भने  दिलीप केसीलाई आन्तरिक राजस्व कार्यालय, जोरपाटीमा सरुवा गरिएको छ । चुडाराज सापकोटा सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरमा सरुवा भएका छन् । 

यस्तै ध्रुवराज विश्वकर्मालाई गौतमबुद्ध विमानस्थल भन्सार कार्यालय, भैरहवा, नारद गौतमलाई भन्सार जाँच पास परीक्षण कार्यालय, त्रिपुरेश्वर, अनन्त प्रसाद तिम्सिनालाई आन्तरिक राजस्व कार्यालय, हेटौडा र युक्त प्रसाद सुबेदीलाई कैलाली भन्सार कार्यालय, धनगढी, कैलाली पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस