पतिले मुख्यसचिवबाट अवकाश पाएलगत्तै पत्नी बनिन् मुख्यसचिव « प्रशासन
Logo १ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पतिले मुख्यसचिवबाट अवकाश पाएलगत्तै पत्नी बनिन् मुख्यसचिव


१७ भाद्र २०८१, सोमबार


काठमाडौँ । भारतको केरल राज्यमा एउटा अनौठो संयोग देखिएको छ । पतिले मुख्यसचिवबाट अवकाश पाएलगत्तै पत्नीले मुख्यसचिवको जिम्मेवारी सम्हालेकी छिन् ।

राज्य सरकारका मुख्यसचिव डा. वी. भेणुले पत्नी शारदा मुरलीधरनलाई मुख्यसचिवको जिम्मेवारी सुम्पँदै अवकाश लिएका छन् । उमेर हदका कारण भेणुले गत अगस्ट ३१ मा अवकाश पाएका थिए । उनलाई शुक्रवार बिदाइ गरिएको थियो ।


अमर उजालाका अनुसार केरल राज्यमा पतिले पत्नीलाई मुख्यसचिवको जिम्मेवारी दिएर अवकाश लिएको यो पहिलो घटना हो । एक समारोहमा डा. भेणुले शारदालाई पद हस्तान्तरण गरेका थिए । केरल सरकारले २१ अगस्टमा शारदालाई नियुक्त गरेको पुष्टि गरेको थियो । यसअघि उनी सरकारमा अतिरिक्त मुख्यसचिव (योजना तथा आर्थिक मामिला) पदमा कार्यरत थिइन् ।

भेणु र शारदा एक साथ भारतीय प्रशासन सेवा (आईएएस)मा प्रवेश गरेका थिए । उनीहरू १९९० ब्याचका आईएएस अधिकारी हुन् । नवनियुक्त मुख्यसचिव शारदाले ८ महिना प्रशासनिक नेतृत्व गर्नेछिन् । त्यसपछि उनले पनि अवकाश पाउनेछिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस