काठमाडौँ । इजरायल र हेजबुल्लाको युद्ध हुनेतर्फ संकेत गर्दै पूर्वपरराष्ट्रमन्त्री तथा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारलाई नेपालीको सुरक्षामा काम गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल एक्स (साविकको ट्विटर) मा ज्ञवालीले लेखेका छन्, ‘इजरायल र हेजबुल्लाको तनाव बढिरहेको र आमनेसामने हुने देखिएकोले लेबनानमा कार्यरत नेपाली नागरिकहरूको अवस्था संवेदनशील भएको छ । उनीहरूको सुरक्षाको लागी सरकारलाई आवश्यक सहकार्य र सतर्कताको लागि आग्रह गर्दछु ।’