जसपा नेतृत्वको मधेश सरकारले रकमान्तरमा कानून मिचेको निष्कर्ष (प्रतिवेदनसहित) « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जसपा नेतृत्वको मधेश सरकारले रकमान्तरमा कानून मिचेको निष्कर्ष (प्रतिवेदनसहित)


२० श्रावण २०८१, आइतबार


काठमाडौँ । आर्थिक वर्ष २०७९/०८० मा तत्कालीन सरोज कुमार यादव नेतृत्वको सरकारले स्थानीय तहलाई पठाएको सशर्त र विशेष अनुदान तथा रकमान्तरमा कानून, नियम र कार्यविधि मिचेको निष्कर्ष छानबिन समितिले निकालेको छ ।

२०८० असार २६ मा गठित विशेष संसदीय छानबिन समितिका संयोजक उपेन्द्र महतोले आज प्रदेशसभा बैठकमा प्रतिवेदन पेस गरेका हुन् । उनले पेस गरेको २२ पृष्ठ लामो छानबिन प्रतिवेदनमा सशर्त र विशेष अनुदान वितरणमा कानून, नियम र कार्यविधि मिचेका ठहर गरेको हो ।

आर्थिक वर्षको अन्त्यतीर बजेट कार्यक्रमको अर्थ विविध शीर्षकमा राखिएको झण्डै साढे ३ अर्ब रुपैयाँ अर्थ मन्त्रालयले विभिन्न मन्त्रालय र स्थानीय तहहरूलाई पठाएको थियो । यसरी रकमान्तर गर्दा अर्थमन्त्री सञ्जय यादवले कमिसन लिएको आरोप सांसदहरूले नै प्रदेशसभामा लगाउँदै छानबिन समितिको माग गरेपछि समिति गठन गरिएको थियो ।

छानबिन समितिले मन्त्रीको स्वकीय सचिवले लेखेको पत्रकै आधारमा ४२ करोड बढी रकमान्तर गरिएको र विशेष अनुदान कार्यविधि विपरीत स्थानीय तहलाई बजेट पठाएको, आर्थिक वर्षको अन्तिम महिनामा समेत अर्थ मन्त्रालयले बजेट रकमान्तर गरेको, सशर्त र विशेष अनुदान कार्यविधिलाई मिचेर अनुदान उपलब्ध गराएको जस्ता त्रुटि भेटाएको छ ।

तत्कालीन उद्योग, पर्यटन तथा वन मन्त्रीको निजी सचिवालयको लेटर हेडमा स्वकीय सचिवले पत्र लेखी २०७९ चैत १५ मा हस्ताक्षर गरेको र मन्त्रालयको सचिवलाई रकमान्तरको लागि पत्र लेखेको छानबिनबाट खुलेको छ । अनधिकृत रूपमा निजी सचिवालयको पत्रकै आधारमा मन्त्रालयले टिप्पणी उठाई ४२ करोड ६० लाख १० हजार रुपैयाँ रकमान्तर गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन :

Tags :
प्रतिक्रिया दिनुहोस