राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अधिकारीसहित पदाधिकारीहरुले लिए शपथ « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अधिकारीसहित पदाधिकारीहरुले लिए शपथ


११ श्रावण २०८१, शुक्रबार


काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्षसहित सदस्यहरूले शपथ लिएका छन् । शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष शिवराज अधिकारी लाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

प्रधानमन्त्रीबाट शपथ लिएसँगै उपाध्यक्ष अधिकारीले अन्य सदस्यलाई शपथ गराएका छन् । आयोगको सदस्यमा आरपी विच्छा, रमेश प्रसाद सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन  र गंगादत्त अवस्थी नियुक्त भएका थिए । 

यी मध्ये पूर्व सचिव सिंह अघिल्लो पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट नियुक्ति लिएर पनि बहाल हुन नसकेका सदस्य हुन् । ओली सरकार आएसँगै गरिएको पहिलो महत्त्वपूर्ण निर्णयमा पनि ‘विवादित छवि’का सिंहले सदस्यको शपथ लिएरै छाडे । अदालतको यौटा निर्णयले उनको गरिसकिएको नियुक्ति रोकिएको थियो

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्षसहित सदस्यहरूलाई नियुक्त गरेको थियो ।

सम्बन्धित समाचार : योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

Tags :
प्रतिक्रिया दिनुहोस