मधेश प्रदेश लोक सेवा आयोगको अध्यक्षमा डा.यादव नियुक्त « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मधेश प्रदेश लोक सेवा आयोगको अध्यक्षमा डा.यादव नियुक्त


११ श्रावण २०८१, शुक्रबार


काठमाडौँ ।  मधेश प्रदेश लोक सेवा आयोगको अध्यक्षमा डा. शिवराम यादवलाई नियुक्त गरेको छ ‌।

सिरहा नगरपालिका-१३ गम्हरिया घर भएका ५७ वर्षीय डा. यादवलाई बिहीबार सरकारले आयोगको अध्यक्षमा नियुक्त गरेको हो । 

मुख्यमन्त्री सतिशकुमार सिंहले यादवलाई मधेश लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गरेका छन् ।

डा.यादवलाई आयोगको अध्यक्ष पदको शपथ आज गराउने तयारी गरिएको मुख्यमन्त्री सचिवालयले जानकारी दिएको छ ।

मुख्यमन्त्रीले सिफारिस पठाउन ढिलो गरेका कारण उनको नियुक्ति प्रदेश प्रमुखले शुक्रबार गर्ने तयारी छ । शुक्रबार नै उनको शपथग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

उमेर हद नाघेको कारण अध्यक्ष सुरेन्द्रप्रसाद यादव २०८० फागुन २२ गते अवकाश प्राप्त गरेपछि सो पद रिक्त थियो । आयोगको एक सदस्य पनि रिक्त छ ।

Tags :
प्रतिक्रिया दिनुहोस