काठमाडौँ । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द वीर अस्पताल भर्ना भएका छन् । उनलाई डेंगु सङ्क्रमण भएको छ ।
ज्वरो र जिउ गल्ने समस्या भएपछि चन्द बुधबार दिउँसो अस्पताल भर्ना भएका अस्पतालले जनाएको छ ।
चन्दको वीर अस्पतालको भिआइपी कक्षमा उपचार भइरहेको छ र डा. मीनचन्द्र अधिकारी नेतृत्वको टोलीले चेकजाँच गरिरहेको बताइएको छ ।