लीला गडतौलालाई कायम मुकायम मुख्य सचिव बनाउने सरकारको निर्णय  « प्रशासन
Logo २६ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

लीला गडतौलालाई कायम मुकायम मुख्य सचिव बनाउने सरकारको निर्णय 


३१ असार २०८१, सोमबार


काठमाडौँ । सरकारले निमित्त मुख्य सचिव लीलादेवी गडतौलालाई कायम मुकायम(कामु) मुख्य सचिव बनाउने निर्णय गरेको छ । 

सोमबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई कामु मुख्य सचिव बनाउने निर्णय गरेको हो । 

यही असार १० गतेदेखि गड्तौला निमित्त मुख्य सचिवको रूपमा काम गरिरहेकी छिन् । तत्कालीन मुख्य सचिव डा. वैकुण्ठ अर्याल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दर्ता गरेसँगै रिक्त हुन पुगेको मुख्यसचिव पदमा प्रधानमन्त्री कार्यालयको सिनियर सचिव रहेकी गडतौलालाई निमित्त दिएको थियो । 

यससँगै उनी नेपालको पहिलो महिला कायम मुकायम मुख्य सचिव बन्न पुगेकी छिन् । कानुनमा पोख्त गड्तौला नेतृत्व क्षमतामा अब्बल सचिवका रूपमा चिनिन्छिन् ।

राजनीतिक परिवर्तनको सँघारमा हुन सक्ने कतिपय निर्णयहरूमा आफ्नो अडान कायम राख्न सक्नु र सम्भावित गलत निर्णयलाई सिधै नर्कान सक्नुलाई कर्मचारी वृत्तमा उच्च सम्मानका साथ हेरिएको छ । उनको यही क्षमताको सम्मान गर्दै निमित्त मुख्य सचिव रहेकी गड्तौलालाई कामु मुख्य सचिव दिने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई बताए । 

गड्तौला आउँदो भदौ १४ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछिन्। उनले डेढ महिना मुख्य सचिवको भूमिका निर्वाह गर्नेछिन्।

त्यसो त यसअघि पनि गडतौला पहिलो महिला कानुन सचिव बन्ने अवसर आएको थियो तर तत्कालीन सरकारले त्यो अवसर गुमायो र केपी शर्मा ओली सरकारले त्यसलाई अवसरका रूपमा लियो । 

सम्बन्धित समाचार : कानुन सचिव ज्ञवालीले लिए अवकाश, पहिलो महिला कानुन सचिव बन्ने अवसर गडतौलालाई

२०७७ कार्तिकमा सचिव बढुवा भएकी गड्तौलाको १३ महिना मात्रै बाँकी हुँदा पहिलो महिला कानुन सचिव बन्ने अवसर आएको थियो ।

सम्बन्धित समाचार : कानुन सचिवमा दोहोरिए सापकोटा, गडतौला ‘सम्भावित’ मै सिमित !

तत्कालीन मुख्य सचिव डा. बैकुण्ठ अर्यालविरुद्ध एकाएक मुद्दा दर्ता भएसँगै मुख्य सचिव पदका लागि दौडधुप तीव्र भएको थियो। अब भने केही समयका लागि त्यो दौडधुप रोकिएको छ। अहिलेको अवस्थामा केपी शर्मा ओली नेतृत्वको सरकारलाई गति दिन सक्ने र कर्मचारीहरूको विश्वास जित्न सक्ने व्यक्तिलाई मुख्य सचिव बनाउनु पर्छ भन्ने चर्चा छ। यसले सरकारलाई सोचविचार गर्ने समय समेत दिएको उच्च अधिकारीहरूले बताउँछन्।

राजनीति र प्रशासनबीच कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने मुख्य सचिवको खोजी भइरहेको बेला पछिल्लो समय गृह सचिव एकनारायण अर्यालको नाम अग्रपंक्तिमा रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस