ओली नेतृत्वको मन्त्रिपरिषदमा सुदूरपश्चिमका चार मन्त्री « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ओली नेतृत्वको मन्त्रिपरिषदमा सुदूरपश्चिमका चार मन्त्री


३१ असार २०८१, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौथो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिएका छन् । प्रधानमन्त्री ओलीसँगै सोमबार २ उपप्रधानमन्त्री र १९ जना मन्त्रीले शपथ लिएका छन् । ओली क्याबिनेट २२ सदस्यीय भएको छ ।

ओली नेतृत्वको सरकारमा यो पटक सुदूरपश्चिमबाट ४ जना मन्त्री भएका छन् । गृह, परराष्ट्र, उद्योग र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सुदूरपश्चिम प्रदेशका जिल्लाबाट निर्वाचित सांसदहरूले पाएका छन् ।

सुदूरपश्चिमबाट एकै पटक संघीय क्याबिनेटमा ४ जना मन्त्री भएका छन् । यसअघि नेकपाकालमा ओली नेतृत्वको सरकारमै सुदूरपश्चिमका ४ जना सांसद मन्त्री भएका थिए । त्यो बेला लेखराज भट्ट, प्रेम आले, गणेश ठगुन्ना र गौरीशंकर चौधरी मन्त्री भएका थिए ।

अहिलेको क्याबिनेटमा रमेश लेखक, आरजु देउवा, दामोदर भण्डारी र बद्रीप्रसाद पाण्डे मन्त्री भएका छन् । जसमा दामोदर भण्डारीबाहेक रमेश, आरजु र बद्री कांग्रेसका सांसद हुन् ।

काँग्रेसबाट रमेश लेखक गृहमन्त्री भएका छन् । काँग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहेका लेखक कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।

उनी नेपाली काँग्रेसबाट २०४८, २०६४, २०७० र २०७९ को निर्वाचनमा निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस