प्रधानमन्त्रीज्यू जातजातिलाई भड्काएर आफ्नो स्वार्थको रोटी सेक्न बन्द गर्नुस् : ज्ञानेन्द्र शाही « प्रशासन
Logo २६ भाद्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रधानमन्त्रीज्यू जातजातिलाई भड्काएर आफ्नो स्वार्थको रोटी सेक्न बन्द गर्नुस् : ज्ञानेन्द्र शाही


२८ असार २०८१, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जातजाति भड्काएर राजनीति नगर्न सुझाव दिएका छन् । संसदमा प्रधानमन्त्रीले दलित र जनजातिलाई आफूहरूले दिलाएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको टिप्पणी गरेको प्रति शाहीले कडा जवाफ फर्काए ।

प्रधानमन्त्रीले दलितको कुरा गरिरहँदा आफ्नो मन्त्रिपरिषद्लाई फर्केर हेर्न उनले सुझाव दिए । प्रधानमन्त्रीको पार्टीमा दलित जनजाति अध्यक्ष कहिले हुन्छन् भन्ने प्रश्न पनि गरे ।

‘आज संसदमा रमाइलै छ । सबैजना हुनुहुन्छ । मलाई बडो अचम्म लागेका चाहिँ सरकारका तर्फबाट प्रधानमन्त्री र गृहमन्त्रीले बोल्नुभयो । उहाँहरूको कुरा सुन्दा देश त कायापलट भइसकेछ भन्ने लाग्यो । तर, याद राख्नुस्, आज पनि आठ लाख युवाले एक वर्षमा देश छोड्दै छन् । हुन त हामी गृहमन्त्रीसँग बोल्न सक्दैनौँ । उहाँले बोलेर गिनिजबुकमै नाम लेखाएको हो । प्रधानमन्त्रीले आदिवासी, जनजाति, दलितको कुरा गर्नुभयो । तपाईँको बोलीको स्वागत गर्छु । तर एक छिन तपाईँको पार्टीलाई फर्केर हेर्नुस् न । एक पटक जनजाति, दलितको छोरा यो पार्टीको अध्यक्ष भएमा हामी पनि पर बसेर ताली पड्काउँथ्यौँ । तर, राप्रपामा आदिवासी जनतातिको छोरालाई अध्यक्ष बनाइसक्यौँ । हामी बोल्दैनौँ ।अर्को दलितको कुरा गर्नुभयो । आज आफ्नो मन्त्रिपरिषद् पल्टाएर हेर्नुस् न एकजना दलित मन्त्री छ रु छैन शून्य । यो रोष्टममा उभिएर काम नगर्ने, कुरा ठूलो गर्ने गर्नु भएन । दलितका छोराछोरी राजाका पालामा केही थिएनन् भन्नुभयो । हीरालाल विश्वकर्माको नाम सुन्नुभएको छ रु शिक्षामन्त्री हुनुहुन्थ्यो राजाको पालामा, जसले बुढानीलकण्ठ स्कुलको स्थापना गर्नुभयो । त्यहाँ गरिब धनी सबैका छोराछोरी समान्तरमा पढ्न सक्छन् । आज पनि जातीय छुवाछूतविरुद्धको कानून तपाईँहरूले बनाएको हो ? २०२०/२१ मा महेन्द्रले बनाएको हो । केही बुँदा तपाईँहरूले संशोधन गर्नुभएको होला । सबैलाई खुल्ला छ राजनीति गर्नुस् । चुनाव जितेर आउनुस् । खुला छ मैदान । तर, जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम संसदको रोष्टमबाट नहोस् । अति भइसक्यो । जातिकै कुरा गर्ने हो भने रुकुममा नवराज विकको हत्या राजाको पालामा भएको हो ? यही गणतन्त्र हुँदा हो । माओवादी सरकारमा थियो । त्यतबेला भएको हो । अहिलेसम्मकै जातीयताका लागि मान्छे मारेको ठूलो घटना हो । हाम्रो जात एउटा छ, नेपाली । देश एउटामात्रै छ, नेपाल । हामीले जात-जातिलाई टुक्र्याएर राजनीति गर्नु छैन । जातजातिका नाममा फेरि सडकमा आगो बालेर, सुरक्षाकर्मी दाजुभाइको रगत बगाएर राजनीति गर्न नखोज्नुस् । बरु राजनीतिकबाट सन्न्यास लिनुस् ।‚

Tags :
प्रतिक्रिया दिनुहोस