काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरवारमा सुरु भएको छ ।
प्रमुख सचेतक हितराज पाण्डेका अनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रम, विश्वासको मत लगायत विषयमा बैठकमा छलफल हुँदैछ ।
नेकपा एमाले र नेपाली कांग्रेसबिच सत्ता सहकार्य गर्ने समझदारी भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमत परेसँगै प्रधानमन्त्री प्रचण्ड’ले असार २८ गते विश्वासको मत लिँदै छन् ।