काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ५० जना करदातालाई सम्मान गरेको छ ।
महानगरको विकास निर्माण, सेवा प्रवाह, व्यवस्थापन लगायतमा करदाताको योगदान महत्त्वपूर्ण रहेको भन्दै उनीहरूलाई सम्मान गरिएको महानगरले जनाएको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ३ ले बिहीबार एक कार्यक्रमको आयोजना गरी करदातालाई सम्मान गरेको हो ।
३ वर्षदेखि नियमित कर तिर्ने करदाता मध्येबाट ५० जना करदाता छनोट गरी सम्मान गरिएको बताइएको छ ।