काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी ६२ वर्षीय बेचन झालाई प्रहरीले बिहीबार अदालत उपस्थित गराउने तयारी गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँले ठगी र संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्न जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउन लागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, गएको शुक्रबार पक्राउ परेका झालाई अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको म्याद बिहीबार सकिँदैछ ।
झालाई नेपाल प्रहरीको विशेष टोलीले भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो ।