कुवेतले नेपालबाट थप २ लाख कामदार लैजाने विषयमा छलफल भयो : परराष्ट्र मन्त्री श्रेष्ठ « प्रशासन
Logo ४ श्रावण २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कुवेतले नेपालबाट थप २ लाख कामदार लैजाने विषयमा छलफल भयो : परराष्ट्र मन्त्री श्रेष्ठ


११ असार २०८१, मंगलबार


काठमाडौं । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले कुवेतले नेपालबाट थप दुई लाख कामदार लैजाने विषयमा छलफल भएको बताएका छन् ।

मंगलबार एशिया कोअप्रेसन डायलग (एसीडी)को इरानको तेहरानमा भएको १९ औँ विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै परराष्ट्र मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

इरानको राजधानी तेहरानमा कुवेतका विदेश मन्त्री अब्दुल्ला अलि अल-याह्याले थप दुई लाख नेपाली कामदार कुवेत लगिने जानकारी दिएको बताए । उनले कुवेतमा अहिले एक लाख नेपाली रहेको र अब तीन लाख पुर्‍याउने लक्ष्य कुवेतको रहेको जानकारी दिएको बताए । उनले कुवेतका विदेश मन्त्री अब्दुल्लाले यसैवर्ष काठमाडौंमा कुवेतले दूतावास खोल्ने जानकारी दिएको बताए ।

उनले भ्रमणको क्रममा इरानका कार्यवाहक परराष्ट्र मन्त्री,म्यानमारका उपप्रधान तथा विदेश मन्त्री, बहराइनका विदेश मन्त्री,कुवेतका विदेश राज्यमन्त्री, साउदी अरेवियाका उपविदेश मन्त्री र रुसका उपविदेश मन्त्रीसँग दुई पक्षीय भेटघाट गरी दुई पक्षबीच सहकार्य र हितका विषयमा समेत छलफल भएको बताए ।

उनले रुसको उपविदेश मन्त्रीसँगको भेटमा रुसी सेनामा भएका नेपाली सैनिकहरू नेपालमा फिर्ता गर्ने सम्बन्धमा पनि छलफल भएको बताए । उनले नेपाली नागरिक फिर्ता पठाउने विषयमा सहमत भए पनि कार्यविधि बनाउन बाँकी रहेको जानकारी दिएको उल्लेख गरे ।

उनले नेपाली नागरिकहरू रुसी सेनामा सहभागी हुँदा युक्रेन युद्धमा जीवन गुमेको र घाइते भएको कति नेपालीहरू रुसी सेनामा सहभागी भएको भन्ने यकिन तथ्यांक नभएको बताए । उनले युक्रेन युद्धमा रुसी सेनामा भर्ती भएर ज्यान गुमाएका सात जना नेपालीको क्षतिपूर्तिको व्यवस्था गर्ने प्रक्रिया अघि बढेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस