माधव नेपालले भने-हामी स्थायित्वको पक्षमा छौँ, असन्तुष्टि हुने बित्तिकै सरकार फेर्ने कुरा सोच्नु हुँदैन « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

माधव नेपालले भने-हामी स्थायित्वको पक्षमा छौँ, असन्तुष्टि हुने बित्तिकै सरकार फेर्ने कुरा सोच्नु हुँदैन


६ असार २०८१, बिहिबार


MAdhab-nepal

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारको स्थायित्वको पक्षमा रहेको बताएका छन् । महोत्तरीको बर्दिबासमा समाजवादी प्रेस संगठनले राखेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।

राजनीतिक स्थायित्वको पक्षपोषण गर्ने शक्तिले असन्तुष्टि हुने बित्तिकै बसेर छलफल नगरी छिनभरमै समीकरण भत्काउने र सरकार बदल्ने सोच्न पनि नहुने उनले बताए ।

‘सरकारले ल्याएको बजेटमा हाम्रा असन्तुष्टि छन्, ‘नेपालले भने, ‘हामी, बसेर छलफल गर्छौ, सरकार फेरबदलको पक्षमा छैनौँ, समाजवादी पार्टी सरकारको स्थायित्व,समानता र परिवर्तनको पक्षमा रहेको नेता नेपालले बताए ।

सुशासनका सन्दर्भमा नेता नेपालले स्थानीय सरकारलाई कानुन बनाउने र कार्यान्वयन गर्नेसम्मको अधिकार दिएको भए पनि भ्रष्टाचार नियन्त्रण हुन नसकिरहेको भन्दै दुःख व्यक्त गरे । ‘कर्तव्यको पालना छैन, यहाँ अधिकार धेरै भयो, ‘उनले भने, ‘भ्रष्टाचार गर्न कोही कसैले पनि अधिकारको दुरुपयोग गर्नुहुँदैन।’

राजनीति गर्ने देश बनाउन र जनताको सेवा गर्न भएकाले राजनीतिबाट माथि पुगेपछि अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने पद्धतिबाट देशको विकास नहुने नेपालले बताए ।

असार १६ गते हुने पार्टीको राष्ट्रिय माहाधिवेसनको तयारीमा मधेसमा आएका नेपालले आफ्नो पार्टीले आफ्नो देशको विशेषताका आधारमा टेकेर प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउँदै नेतृत्व छान्ने जानकारी दिए । मधेसमा ३३ हजार पार्टी सदस्य र मधेसबाट मात्रै केन्द्रिय प्रतिनिधि ३ सय ३१ रहेकाले मधेसमा समाजवादीको अवस्था निकै राम्रो रहेको नेता नेपालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस