सूचनाको हकका अभियानकर्मी बारे मानव अधिकार आयोगले अध्ययन गर्ने « प्रशासन
Logo ८ श्रावण २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सूचनाको हकका अभियानकर्मी बारे मानव अधिकार आयोगले अध्ययन गर्ने


५ असार २०८१, बुधबार


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुङ्गेलले सूचनाको हक प्रयोग गर्दा प्रहरी वृत्त बौद्धले पक्राउ गरेका चार जनाका विषयमा आयोगले अनुगमन र अध्ययन गर्ने बताएका छन् । 

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आज बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उनले सूचनाको अधिकार पनि मानव अधिकारकै अङ्ग भएको र यो हक संविधानमा मौलिक हकका रूपमा सुरक्षित गरिएकाले नेपाली नागरिकले यसको प्रयोग गर्न सक्ने बताए । 

अनियमितता र बेथिति भएको विषयमा सूचना मागेकै कारण स्थानीय सरकार र प्रहरी प्रशासनको मिलेमतोमा सूचनाको हकका अभियानकर्मीलाई पक्राउ गरी झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै महासङ्घका अध्यक्ष उमीद बागचन्द नेतृत्वको समूहले आज आयोग पुगेर कार्यवाहक अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको हो । 

ध्यानाकर्षण पत्र बुझाउन महासङ्घका सचिवद्वय प्रेमभक्त रेग्मी र पूर्णप्रसाद मिश्र एवं परियोजना अधिकृत सरस्वती पौडेललगायतको समूह आयोगको केन्द्रीय कार्यालय हरिहरभवन पुगेको थियो । प्रहरी वृत्त बौद्धले सोमबार महासङ्घ जिल्ला कार्य समिति काठमाडौँका सदस्य अस्मिता खत्री, महासङ्घ गोकर्णेश्वर नगर समिति संयोजक आदर्श क्षेत्री एवं सूचनाको हकका अभियानकर्मीद्वय राजु सुनार र प्रेमप्रसाद श्रेष्ठलाई सूचना माग गरेकै कारण पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस