विश्वप्रकाश शर्माले भने-सन्दीप लामिछानेको भिसाका लागि सरकारले उचित पहल गरेन « प्रशासन
Logo ७ श्रावण २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विश्वप्रकाश शर्माले भने-सन्दीप लामिछानेको भिसाका लागि सरकारले उचित पहल गरेन


२४ जेष्ठ २०८१, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सन्दीप लामिछानेको भिसाका लागि सरकारले उचित पहल नगरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

विगतमा आरोप लागिरहेको अवस्थामा मैदानमा उत्रनुहुन्न भनेर भनिएको भएता पनि अहिले अदालतले नै निर्दोष ठहर गरिसकेको अवस्थामा सन्दीप लामिछानेले विश्वकप क्रिकेट खेल्न नपाउने अवस्थामा सरकार समेत जिम्मेवार रहेको उनको भनाइ छ ।

‘हिजो आरोप लागिरहेका बेला शिरमा मुद्दा बोकेर मैदानमा उत्रनुहुन्न हामी कैयौँले भन्यौँ। तर, सम्मानित अदालतले निर्दोष साबित गरिसकेपछि यसबेला सन्दीप लामिछाने विश्वकपको मैदानमा हाम्रो प्रतिनिधित्व गरेर खेलिरहनुभएको अवस्था हुनुपर्थ्यो’ महामन्त्री शर्माले भने ।

लामिछानेको भिसाका लागि खेलकुद मन्त्री, परराष्ट्र मन्त्री र समग्र सरकारले समयमै उचित पहल नगरिदिएको उनको टिप्पणी छ ।

उनले भने, ‘आफ्नो खेलाडीको बारेमा अदालतले गरेको फैसला सुसूचित गरेर उनको भिसाका लागि वातावरण बनाउन सरकारले उचित पहल समयमै गर्नुपर्थ्यो । यसमा कमजोरी कहाँ रह्यो ? किन कमजोरी भयो ? खेलकुद मन्त्री, परराष्ट्र मन्त्री र समग्र सरकारको यसबारेमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस