काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । केन्द्रको निर्देशन अनुसार एकीकृत समाजवादीले मधेस सरकारबाट मंगलबार नै बाहिरिने तयारी गरेको हो ।
सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एकीकृत समाजवादी मधेस प्रदेश संसदीय दलको बैठक बोलाइएको छ । एकीकृत समाजवादीकी मन्त्री बेची लुङ्गेलीले केन्द्रबाट नयाँ समीकरण अनुसार सरकार बनाउने निर्देशन आएको बताइन् । सोही निर्देशन अनुसार पार्टीको संसदीय दलको बैठक बस्न लागेको उनले बताइन् ।
एकीकृत समाजवादीबाट मधेस सरकारमा २ जना मन्त्री सहभागी छन् ।